गाउँपालिकाको झण्डा ओढाएर अध्यक्ष शेर्पाको अन्त्यष्टि

मिङमार सार्की शेर्पा

२०७७ असार ४, विहिबार


सोलुखुम्बु । यहाँको खुम्बुपासाङ ल्हमु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको अन्तिम दाहासंस्कार गरिएको छ । असार २ गते निधन भएका शेर्पाको विहीबार बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो । अन्त्यष्टिअघि बिहान ७ देखि ९ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि आफ्नै निवास लुक्लामा राखिएको थियो । अध्यक्ष शेर्पाको पार्थिव शरीरमा खुम्बु पासाङल्हामु गाउँपालिकाको झण्डा ओढाएर सम्मान गरेका थिए । 
शेर्पालाई अन्तिम श्रद्धान्जली दिन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बुका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (सुरवीर), प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर लगायत बिभिन्न संघसस्थाका प्रतिनिधि लगायत पुगेका थिए । 
यसैबीच जिल्ला विभिन्न स्थानीय तहहरुले अध्यक्ष ङिम दोर्जी शेर्पाका लागी  श्रदाञ्जली ब्यक्त गरेका थिए । अध्यक्ष शेर्पाको  शोकमा  विहीबार जिल्ला सबै स्थानिय तहले सार्वजनिक विदा समेत दिएका छन ।
शेर्पाको आत्माको शान्तिका लागि राजधानी लगायत खुम्बु क्षेत्रमा समेत विभिन्न गुम्बा र सार्वजनिक स्थानहरुमा पूजापाठ आयोजना गरेका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho