गुम्बा विकास समितिमा ‘खेन्पो गेशे थुप्तेन जिक्डोल’

लाक्पा जी शेर्पा

२०७७ असार ४, विहिबार


लाक्पा जी शेर्पा
असार ४, २०७७
काठमाडौं (शेर्पाखबर) ।
बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिमा फपू छेम्बे शेर्पा नियूक्त भएका छन् । असार २ गते मन्त्री परिषदको निर्णयले आगामी पाँच बर्षका लागि शेर्पा अध्यक्षमा नियूक्त भएका हुन । 
बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति गठन आदेश २०६६ को दफा ३ को उपदफा २ (क) अनुसार शेर्पालाई अध्यक्षमा नियूक्त  गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका उपसचिव राजन पौडेलले जानकारी दिए । 
नियूक्ति लगतै शेर्पाले असार ४ गते (आजै) पद बहाली समेत गरेका छन् । पुल्चोकमा रहेको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको कार्यालयमा पुगि शेर्पाले पद बहाली गरेका हुन । शेर्पालाई एक समरोहकावीच कर्मचारी र अन्य सदस्यहरुले स्वागत गरेका थिए । सोही अवसरमा परिचय कार्यक्रम समेत भएको थियो । 
पद बहालीपछि शेर्पाखबरडटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै शेर्पाले ‘गुम्बा पुनः निर्माण र मर्मतका कार्य तिब्रताका साथ अघि बढाउन पहल गर्ने’ बताए । ‘पुनः निर्माण प्राधिकारको म्याद सकिन लागेको छ । हाम्रो गुम्बा, चैत्य तथा बौद्धहरु पुनः निर्माणले खास गति लिन सकेको देखिएन । अब यसलाई द्रुत गतिमा अघि बढाउँछौं ।’ लामो समयसम्म गुम्बा पुनः निर्माण पुनः निर्माण प्राधिकारले गर्ने की विकास समितिले गर्ने भन्ने विवादका विच पुनः निर्माण प्राधिकारले कामको जिम्मेवारी पाएपछि खास गति लिन नसकेको अवस्थामा अध्यक्षमा शेर्पा नियूक्त भएको हो । 
शेर्पाले विकास समितिको उद्देश्य प्राप्तिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने समेत बताए । उनले भने ‘बौद्ध दर्शन र विकास समितिका सम्वन्धमा कतिपय नीति नियम बनाउने कामहरु बाँकी देख्छु । त्यसलाई तदारुकताका साथ अघि बढाउनेछु ।’ उनले अघि थपे ‘मेरो पहिलो प्राथमिकता भनेको भूकम्पले ध्वस्त बनाएका, क्षतिग्रस्त गुम्बाको पुनः निर्माण र मर्मत नै हुनेछ ।’
 

कानूनी जटिलताहरुका बिषयमा अध्ययन गरेर तत्कालनै योजना बनाई अघि बढ्ने बताउँदै नवनियूक्त अध्यक्ष शेर्पाले भने ‘सामाजिक संस्था, बौद्ध महासंघ लगायतको सहयोगमा काम गर्छौं । पक्कैपनि कामले गतिले छ ।’ नीतिगत सुधार लगायतका विषयमा धेरै काम गर्न आफूले अध्ययन थालेको उनले बताए । 
बौद्ध दर्शन अनुसार खेन्पो गेशे थुप्तेन जिक्डोल भनेर समेत चिनिने शेर्पा फुङलिङ–९, ताप्लेजुङका हुन् । शेर्पा यसअघि नेपाल बौद्ध महासंघको अध्यक्ष समेत रहेर सफल कार्यकाल विताइसकेका छन् । शेर्पा बौद्ध दर्शन सम्वन्धि विज्ञका रुपमा समेत परिचित छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho