उपाध्यक्ष लन्जम शेर्पा प्रतिष्ठानको सदस्यमा नियूक्त

लाक्पा जी शेर्पा

२०७७ बैशाख २७, शनिबार


काठमाडौं (शेर्पाखबर) । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सञ्चालक समितिमा चयन लन्जम शेर्पा चयन भएकी छन् । नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष शेर्पा प्रतिष्ठानको आगामी ४ बर्षको लागि सदस्यमा चयन भएकी हुन् । 
‘संविधानसभामार्फत संविधान जारी भई मुलुक समावेशी, संघात्मक राज्य प्रणालीबाट अघि बढीरहेको सन्र्दभमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको भूमिका झन व्यापक र गहन हुँदै गएको’ उल्लेख गर्दै संघका अध्यक्ष गेल्जे लामा शेर्पाले उपाध्यक्ष शेर्पालाई बधाई सन्देशमार्फत भने ‘आदिवासी समुदायको हकाधिकार, राज्यमा पहुँच स्थापित गर्ने सवालमा तपाईले आफ्नो तर्फबाट खेल्ने भूमिकाले आम शेर्पा समुदायको शिर उँचो रहने कुरामा हामी पूर्ण विश्वास्त हुँदै सफल कार्यकाल (४ बर्षे) को शुभकामना व्यक्त गर्दछ ।’ 
‘भाषा, धर्म, संस्कृति, परम्परागत मान्यताहरुलाई स्थापित गर्दै आदिवासी समुदायभित्रपनि अल्पसंख्या भनिएको शेर्पा जातिको आवाजलाई प्रतिष्ठान र निर्णायक निकायमा सशक्त ढंगबाट उठान गर्ने नवनियूक्त सदस्य शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् । ‘त्यहाँबाट सम्पादन हुने कार्य, अवसर र आवश्यकतामा शेर्पा समुदायको प्रतिनिधित्व गराउने र अवसर दिलाउँदै समन्वयत्मक भूमिका खेल्नेछु ।’ 
शेर्पासँगै सरकारले प्रतिष्ठानमा १६ सदस्य मनोनित गरेको थियो । मन्त्रिपरिषदको वैशाख १४ गते बसेको बैठकले प्रतिष्ठानमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा १४ जना महिला छन् भने दुई पुरुष छन् । 
प्रदेश १ बाट जुनिता राई र रोशनी मेचे छन् । त्यस्तै, प्रदेश २ बाट बुद्धकुमारी लामा र बेदकुमारी मण्डल छन् । बागमती प्रदेशबाट छिरिङ माया लामा र लेन्जुम शेर्पेनी छन् । गण्डकी प्रदेशबाट बसुन्धरा घर्ती (भुजेल) र टसी गुरुङ छन् । प्रदेश ५ बाट हिरुसरा राना र लिला थापा बराल छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho