लकडाउनमा आदिबासी जनजाती महिलामाथि बढ्दो हिंसा !

आङलमी शेर्पा

२०७७ बैशाख २५, विहिबार


आङलमी शेर्पा
गत डिसेम्बरको अन्ततिर विस्वको एक मात्र साझा घर पृथ्वीमा देखापरेको खतरनाक कोरोना भाइरस   (कोभिड–१९) को महामारीबाट छोटो समयमै सबैलाई गाँजेको छ।  कोरोनाको भयानक आक्रमणबाट हज्जारौंले अमूल्य ज्यान गुमाईसकेका छन् भने लाखौंको संख्या मा संक्रमित छन्।  यसबाट करोडौं व्यक्तिहरु प्रत्यक्ष प्रभावित छन् भने अरबौं मानिसहरु अप्रत्यक्ष रुपमा प्रताडित छन्।  नेपालमा समेत यस कोभिड(१९ भाइरसबाट हालसम्म उनान्सय ब्यक्तिहरु संक्रमित भेटिएका छन्।  एकातिर आज बिस्व एकजूट भएर प्रतिकार गर्दा समेत अति सूक्ष्म भाइरस दिन दुगुना रात चौगुना बिजयी अभियानमा अग्रसर छ।  सम्पूर्ण मानव सभ्यतालाई चुनौती दिंदै भयानक भाइरस भुन्भुनिरहेको अवस्था छ।  मानब सभ्यता बिकाशको अगुवा भनिएकाहरू कोभिड(१९ को लडाईंमा पराजित अवस्थामा पुगिसकेका छन्।  बिस्वका शक्तिशाली भनिएको राष्ट्रहरु सहित नेपाल समेत कोरोनालाई पराजित गर्न सम्पूर्ण शक्ति एकत्रित गर्दै लागी परेको अवस्थामा नेपाली समाजमा भने महिला हिंसाका घटनाक्रमहरु बिकसित हुँदै गएको दुस्खद तथ्य उजागर हुने क्रम जारी छ।  राज्यशक्ति  सम्पूर्ण जिम्मेवारी, कर्तव्यहरू थाँती राखी ज्यानमारा  भाइरसबाट नागरिकलाई जोगाउन एकजूट  भै प्रयासरत रहंदा, सुरक्षाकर्मीहरु घर बाहिर सडकमा सुरक्षा दीइरहंदा घरभित्रै लकडाउनमा रहेका समाज र परिवारभित्र भने महिलाहरु असुरक्षित हुने अवस्था सिर्जना भैरहेका छन्।  
अघिपछि महिला पुरुष आ(आफ्नो पेशा, ब्यबशायमा रुमल्लिने र साँझ मात्र घर फर्कने दैनिकी थियो।  घर थकान मेटाउने, आराम गर्ने गुँड थियो भने खानपिन र पारिवारिक भलाकुसारी मै साँझ बिहान बित्थ्यो।  हाल कोरोनाको  कहरले ल्याएको लकडाउनको अवस्थामा परिवारका सम्पूर्ण सदस्यहरु चौबिसै घण्टा चौघरामा गृहबंदी रहेका छन्।  यसरी घर बाहिर ब्यस्त रहनु पर्ने दिनचर्या बोकेकाहरु लामो समयसम्म घर भित्रै खुम्चनु पर्ने बाध्यताले केहि सृजनात्मक सोंच भएकाहरु नव सृजनामा जुटेका छन् भने अर्कातर्फ केहि विकृत मानसिकताका ब्यक्तिहरुले भने घरै भित्रका कमजोर सद्स्यलाई विभिन्न निहुँमा हिंसाजन्य ब्यबहारबाट प्रताडित गराउने तर्फ ऊन्मूख  छन्।
आदिबासी जनजाती महिलाको अवस्था
हालै बिश्व मानब अधिकार संस्थाले समेत कोरोनाका कारण संसारभर महिला हिंसा बढ्न सक्ने चेतावनी दिएको थियो।  आदिबासी जनजाती समुदायमा हिंसा प्रायस् अशिक्षा, गरिबी, पिछडिएका   कारण सृजित हुने बताइएतापनि नेपालमा भने यो अशिक्षा, गरिबीका कारण भन्दा पनि बिचलित मानसिकता, मादक पदार्थ एवं  लागू औषध सेवन तथा पितृसतात्मक सोंच प्रमुख कारण देखिएको छ।  हुन त आदिबासी जनजातीहरुमा पितृसतात्मक भन्दा मात्रीसतात्मकका गुणहरु बढ्ता भएको मानिन्छ।   तर राज्यको संबिधानद्वारा निर्दिस्ट प्राबधानहरू तथा   मिश्रित  समाजको विकाससंगै यिनीहरुमा पनि पितृसतात्मकता ज्यादा झांगिंदै गएको भान हुन्छ। यदाकदा दाइजो, आर्थिक लाभ जस्ता कारणले समेत महिलाहरु हिंसामा परेका भेटिन्छन। गरीब, अशिक्षा भन्दा आर्थिक रूपमा सबल तथा शिक्षित परिवारमै महिला हिंसाका बिकराल तथा भयानक रूपहरू देखापर्दै गएका छन्।
यी सम्पूर्ण कारणहरु बाहेक अर्का मुख्य गौण कारणले आदिबासी जनजाती महिलाहरु आक्रान्त हुन बाध्य छन्।  जुन कारण हम्मेसी कोठा तथा घर   बाहिर ल्याउने हिम्मत जो कोहि महिलाहरु राख्दैनन्।  कुनै कारण यस्तो हुन्छ जुन सार्वजनिक भएको अवस्थामा पारिवारिक संरचना, संबन्ध  चकनाचूर, भताभुङ्ग हुन जान्छ।  माइती तथा घर दुवै तर्फका कूल घरानाको खान्दानी ईज्जत एवं पारिवारिक अस्तित्वको संरक्षण   खातिर  महिलाले क्षण,  क्षणको मरण अंगालेर त्यसता कारणहरु सार्वजनिक नगर्ने बलिदान गर्दछिन। त्यो हो मानशिक हिंसा, अमानबिय शारीरिक हिंसा तथा यौन हिंसा . घरेलू हिंसा।
 

घरेलू हिंसा
लकडाउनको अबधिमा महिलाहरु आफ्नै घर भित्र घरेलु हिंसा सहन बाध्य छन्।  आदिबासी जनजाती समुदायमा अपवाद बाहेक जुनसुकै उमेर समूहका महिलाहरु कुनै न कुनै रूपमा हरेक दिन आफ्नै घर परिवारमा हिंसामा नपरेको रेकर्ड शायद हुँदैन।  एउटी महिलाका निम्ति सबै भन्दा ठूलो हिंसा घरेलु हिंसा पनि भएको प्रमाणित भै’ सकेको अवस्थामा हो किनकि त्यो हिंसामा लगातार जीवनभरि उनी डुबीरहन बाध्य छिन्। ।  हेर्दा पुरुषहरुलाई झिना मसिना लाग्ने तर निरन्तर भोगाईहरुमा पिल्सिएकि ती महिलालाई मात्र थाहा हुन्छ कि त्यो कति दर्दनाक हुन्छ भनेर।   कानून निर्माताहरूको झुण्डमा  पनि पुरुषकै  हैकम हुने कारण हरेक कानून पुरुषका  पक्षमा ढल्किएका छन्।  यसको ज्वलन्त उदाहरण हो घरेलु हिंसा।  कतिपय पीडाजनक, क्षणिक एवं दीर्घकालिन मानशिक  तथा शारीरिक विक्षिप्तता ल्याउने भयानक हिंसाका प्रकारहरुलाई पनि कर्णप्रिय, नरम र दैनिकीमा पर्ने कुराहरु जस्तो  नाम दिइएको छ त्यो हो ( घरेलु।  
यो घरेलु नामक हिंसाले गर्दा एउटी महिलाले जंगली बर्बर यातनाहरु  भोग्न बाध्य हुन्छिन्। सुन्दा त्यस्तो नराम्रो नलाग्ने तर यसले ओगट्ने परिधिहरु डर लाग्दा छन्।  त्यस्कारण लकडाउन ९बन्दाबन्दि० खुल्ने बित्तिकै यो घरेलु नामक जंगली हिंसालाई पुनर मूल्यांकन गरि नवकोटी या नै कि बर्गमा श्रेणीबद्ध गरिनु अति जरूरी देखिन्छ।
पछिल्लो चरणमा राज्यले तोकेको कानूनले महिलाको केहि क्षणिक मजबुतीपना  बढाएतापनि त्यो अधिकार प्रयोग गर्दा परिवार नै नरहने सम्भावना प्रबल हुन्छ।  तसर्थ, राज्यले परिवार पनि बच्ने तथा हिंसा गर्ने आँट समेत पनि नगर्ने कानून निर्माण गरिनु पर्दछ। 
मदिरा सेवनबाट सृजित हिंसा
यो लकडाउनको बेलामा घटित  हिंसाहरु बिशेषतस् मदिरा सेवनबाट सृजित देखिन्छन।   हुन त सरकारले मदिरा ऒसर पसारमा बन्देज लगाएको छ।  तर दाल चामल सरि घरै पिच्छे किन्न पाइने ठाउँमा बन्देजको के अर्थरु टाढा जानै पर्दैन अन्य मुलूकमा मदिरा सेवन कसरि ब्यबस्थापन गर्दो रहेछ भनि बुझ्न।  छिमेकी   राज्य भारतमा  जस्तो २५र३० किलोमीटरको दूरीमा मात्रै त्यो पनि केवल सरकारी पसल, जसमा ब्यक्तिगत परिचयपत्रको रेकर्ड दर्ज गराएर मात्र निश्चित  परिमाणमा पाइने  भए पो किन्न सहज नहुन सक्छ।  परिचयपत्रको कारण जो कोहि व्यक्ति मदिरा खरिद गर्न हिच्किचाउने तथा लाज मान्ने वातावरण पक्कै बन्दछ।  तब न मात लगाउने, होश हराउने, बेहोशीमा पागल पना उत्पन्न गराउने, अपराध तर्फ डोर्याउने  मदिरा सेवन प्रबृत्ति  निरुत्साहित  हुन जान्छ।  तब न परिवारमा, समाजमा र सिंगो राष्ट्रमा शान्ति, अमन चैनको कायम हुन्छ।
बिशेषगरि नेपालमा आदिबासी जनजाती महिलाहरु मदिरा सेवनबाट सृजित हिंसाबाट ज्यादा पीडित छन्।   सरकारले ओसार पसारमा बन्देज लगाउनुको कुनै असर रहंदैन उनीहरुको समाजमा।     घर, छिमेक मै उत्पादन हुने मदिरा सेवन उनीहरुलाई सहज नै हुन्छ।  मदिराले ब्यक्तिको मानशिक सन्तुलन मा गडबडी उत्पन्न गराउने, पागलपन सिर्जना गराउने र बिबेक तथा होस् हवास गुमाउन सहयोग गर्ने भएकोले यस्को असिमित सेवन बाट मान्छेमा मानवता नाश    गराई पशुजन्य दानव ब्यबहारको सम्भावना गराऊन्छ ।    आदिबासी जनजाती समाजमा दैनिकजसो हुने मादक पदार्थ सेवनले त्यो घर, समाजका महिलाहरू उनीहरुको अमानबिय व्यवहारबाट  पीडित रहनु तिनको  दैनिकीमा पर्दछ। 
लकडाउनद्वारा सृजित मानशिक  विचलनका कारण हुने हिंसा
यो पुस्तामा शायद कसैले पनि यसतो बन्दाबन्दि ब्येहोर्नु परेको छैन।  लकडाउन वा बन्दा बन्दि के होरु ठ्याक्कै धेरैलाई अन्दाजा पनि थिएन। जीवनको पहिलो बन्दाबन्दिको भोगाइ नेपालीहरुले  पनि सार्है कठिनका साथ ब्यतित गरिरहेकाछन।  लामो समयसम्म घर बाहिर निस्कनु बन्देज रहंदा, खानपान, उठबस, दिनचर्या, बानिब्यहोरा हरेक कुरा कुण्ठित हुँदा  परिवारका सबै उमेर समूहका व्यक्तिहरूमा  मानशिक असर परेको सुनिन्छ।  व्यक्तिपिच्छे असरको मात्रा मात्रै फरक हुने हो। कामको अभाबमा आम्दानी शून्य प्रायस् हुने नै भयो।   आम्दानी नहुँदा पनि परिवारका कतिपय आधारभूत आबस्यकता त पुरा गर्नै पर्ने हुन्छ। यी तथा भबिष्यका चूनौतिहरुले परिवारका सदस्यहरु, मुख्यगरी जेठाबाठाहरुमा थप मानसिक दबाब पर्न जान्छ।  यसतो अबस्थामा स(साना कुराहरुले पनि उसको मानशिकतामा ठूलो असर पर्न सक्दछ।  त्यसको रीस साधारणतया  महिलाहरूलाई पोखिने परम्परा हुँदा  महिला हिंसामा बढी पर्छिन। यसैपनि महिलामा नियमितका साथसाथै   लकडाउनले  थपेका घरायशी बोझले शारीरिक तथा मानशिक रूपमा थकित हुन्छन।
महिलाद्वारा महिला नै हिंसामा 
लकडाउनको बेला लामो समयसम्म  कोठैभित्र वा घरैभित्र मात्र बिनाकाम बसिरहनु पर्दा परिवारका सदस्यहरू बिचमा केहि मनमुटाब क़ा अबस्थाहरू सिर्जना हुने सम्भावनाहरु हुन्छन। आदिबासी जनजाती समाजमा पनि कतिपय अवस्थामा घर परिवारका महिलाद्वारा महिला नै विभिन्न किसिमका हिंसामा परेका भेटिन्छन।  यस्मा स्वयं पीडक   महिला  सचेत, जिम्मेवार तथा नैतिकवान हुनु अति आबस्यक हुन्छ।  किनकि ूकहिले सासूको पालो, कहिले बूहारिको पालोू भन्ने नेपाली ऊखानको पुनरावृत्ति हुन गए त्यसले कुनै महिला पनि पीडित  हुनबाट जोगिने ठाउं रहँदैन ।  
महिला अधिकारकर्मीका  दोहोरो चरित्र  
महिला अधिकारकर्मी भनि चिनिएका, समुदायबाट कदर, मान सम्मान प्राप्त गरेका महिलाहरू समेत महिला हिंसाका जघन्य अपराधी तथा तिनका मतियारहरुलाई जोगाउन हात धोएर लागेका देखिन्छन।  उनीहरुमा आफुँ निकटका पीडकलाई जसरि पनि बचाउने र पीडितलाई  बचाउनु आफ्नो कर्तब्य नसम्झिने  प्रबृत्ति हाबी छन्। एनजीओ आइएनजीओको डलर हसुर्ने  जागीररूपी छद्मभेषी अधिकारकर्मीहरूलाई सकभर राज्यले तह लगाउनु आबस्यक हुन्छ।  नसके, समाज तथा समुदायले तिनका असलिरूप उजागर गरि बहिस्कार गर्नुको विकल्प रहेन किनभने यस्ता छद्मभेषी अधिकारकर्मीले समाजको आँखामा छारो हाली, समाजलाई नीचो देखाई  आफू सदा समाजलाई चुसीरहने प्रबृत्ति रह्यो।  देशमा कार्यरत सबै एनजीओ आइएनजीओ गैरजिम्मेवारी छन् भन्ने कदापि होइन।  कतिपय अधिकारकर्मीहरु दिल्लोज्यान अर्पणगरि पीडित महिलाहरुलाई हिंसामूक्त गराउन लगातार लागीपरेका समेत छन्।   वहाँहरु धन्यबादका पात्र हुनुहुन्छ।  कैयौं महिलाहरुको जीवनका यात्राहरू जारी राख्नका निम्ति भरोसाका पात्र हुनुहुन्छ।
जघन्य अपराध
यो लकडाउनको गार्हो समयमा पनि  विभिन्न उमेरका महिलाहरु  बेपत्ता बनाइने, आफ्नो नारी अस्मिता लूटिने तथा  अमूल्य ज्यान समेत गुमाउने जस्ता जघन्य अपराधबाट पीडित भएको घटनाहरु घटेकाछन्। नारी अस्मिता लुट्ने, ज्यान मार्ने तथा त्यस्ता जघन्य अपराध घटाउन मतियार बन्ने सबैलाई छिमेकी राष्ट्रमा जस्तो फाँसी दिइनु नेपालमा समेत जरुरि देखिएको विभिन्न घटनाक्रमहरुले पुष्टि गरेकाछन।  त्यतातर्फ कानून निर्माता तथा राज्यको ध्यानाकर्षण हुनु जरुरत देखिन्छ।
लकडाउन एक असाधारण अवस्था
लकडाउनको बेला यताउता  छल्लिन पनि नसकिने, आफूलाई जोगाउने सम्भावना पनि न्यून रहने र उजुरी पनि सहज नहुने भएकाले थप लगातार त्यसता हिंसाबाट पीडित हुनु पर्ने बाध्यता रहन्छ।  यदि घर, परिवार, समाजको कुनै महिला हिंसामा परे त्यो महिलाको मानशिक, शारीरिक अवस्था कस्तो हालतमा रहन्छ, जो कोहिले कल्पना समेत गर्न सक्दैनन्।  ती पीडित महिलाको विक्षिप्तताको कारण उनको घर, परिवार, समाज पक्कै पनि आनन्दको दिन बिताउन सक्दैनन्।  अतस् हिंसाले केवल एक्ली महिला मात्रै नभई सिंगो परिवार, समाज तथा  समुदाय  प्रत्यक्ष्य   एबं  अप्रत्यक्ष्य  पीडित हुन पुग्दछ।
देशमै समग्र रूपमा महिलाहरू बिबिध कारणबश हरेक किसिमले पिछडिएका छन्।  त्यसमा पनि आदिबासी जनजाती महिलाहरूको अवस्था त झनै दयनिय  रहेकोछ। महिलाहरू यो एक्काइसौं  शताब्दीमा  पनि लैंगिक हिंसाबाट पीडित हुनु लज्जास्पद तथा दुखदायी क्षण हो।  अझ यो भाइरसको  महामारीले सृजित  त्रासदीपूर्ण वातावरणमा भएको लकडाउनको कठीन समयमा एक महिला हिंसामा पर्नु हृदयविदारक अवस्था हो।  
अत: एक नारी पीडित हुनु भनेको सिंगो परिवार पीडित हुनु हो। सिंगो समाज पीडित हुनु हो।  यसले सामाजिक सभ्यतामै असर पुर्याउदछ।  सिंगो समाजको सामाजिक अमन चैनमा  खलल पुर्याउदछ।  त्यसैले सिंगो परिवार स्वस्थ राख्न, समाज शान्त राख्न, देश खुशी राख्न महिला हिंशा गराउन सक्ने कारक तत्वहरुबाट समाजलाई टाढा नै राख्ने नीति अबलम्बन गर्नु ढिला गर्नु हुन्न। यो बाध्यात्मक एवं निर्बिकल्प लकडाउनको अबधिमा चौघेराभित्र समेत एक आपसमा  शान्ति, मायाँ, प्रेम, आदर, सद्भाव बढाई परिवार साथै समाजलाई  हिंसाबाट जोगाउन  हरपल सचेत तथा  जिम्मेवार  रहनुको विकल्प छैन। देशलाई कोरोना भाइरसमूक्त बनाउने राज्यको अभियान सफल बनाऔं।  लकडाउन अबधि महिला हिँसामूक्त राखौं। 
 

 

लेखिका नेपाल शेर्पा संघका उपाध्यक्ष हुन ।anglami197@gmail.com

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho