सोलुखुम्बुमा दुई जनामा कोरोना आरडिटी पोजेटिभ !

शेर्पाखबर

२०७७ बैशाख २५, विहिबार


सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बु सोताङकी एक महिलामा गरिएको ¥यापिड डाईनोष्टिक टेस्ट (आरडिटी) परीक्षणको ‘रिपोर्ट पोजेटिभ’ देखिएको छ । योसँगै रिपोर्ट पोजेटिभ आउनेको संख्या सोलुखुम्बुमा दुई पुगेको छ । यसअघि लिखुपिके गाउँपालिकाका एक युवकमा ‘रिपोर्ट पोजेटिभ’ देखिएको थियो ।

हप्ता दिन अघि उदयपुरबाट आएकी २८ वर्षीया महिलाको बुधबार गरिएको कोरोना परीक्षणमा ‘रिपोर्ट पोजेटिभ’ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख कर्मचन्द राजवंशीले जानकारी दिए ।  अहिले प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा निर्माण गरिएको आईसोलेसन वार्डमा महिलालाई राखिएको छ ।
ती महिला एक हप्ता अघि परिवारका ६ सदस्य सहित सोताङ आएका थिए । कोरोना संक्रमणको उच्च जोखिममा रहेको उदयपुर जिल्लाबाट आएका उनीहरुलाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । बुधबार गरिएको टेष्टमा एक महिलामा ‘पोजेटिभ रिर्पोट’ आएपछि उनको स्वाब संकलनका लागि जिल्लाबाट प्राविधिकको टोली पठाउने तयारी गरिएको स्थानीय हिमाल एफएमले जनाएको छ ।
स्वास्थ्य प्रमुख राजवंशीका अनुसार महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनका परिवारका सदस्य र नियमित भेटघाटमा आएका उनका आफन्त पहिचान गरेर सम्पूर्णको स्वाब संकलन तत्काल गरी परीक्षण गर्ने भएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho