भगवन बुद्धले ‘कोरोना विरुद्ध लड्ने शक्ति प्रदान गरोस्’ः शेर्पा संघ

शेर्पाखबर

२०७७ बैशाख २५, विहिबार


लाक्पा जी शेर्पा
२५ वैशाख २०७७
ओखलढुंगा (शेर्पाखबर) ।
नेपाल शेर्पा संघले २५६४ औं बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धको कामना गरेको छ । संघीय अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक शुभकामना वक्तव्य जारी गर्दै ‘भगवन बुद्धको शक्तिले कोरोना विरुद्ध लड्ने शक्ति प्रदान गरोस’ भनेको हो ।
विश्व नै  कोभिड १९ का सन्त्रासका कारण जटिल अवस्थामा रहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘वर्तमान परिस्थिती (कोभिड–१९ को संक्रमण) मा सरकारले बन्दाबन्दी ‘लकडाउन’ घोषणा गरी महामारी र संकटको अवस्थाबाट गुज्रिरहेका छन् । कोरोनाको संक्रमितहरु थपिँदै गएको परिप्रेक्षमा यसको रोकथाम, प्रतिकार्य, सजकता र सुरक्षाका नीतिहरुलाई प्रभावकारी रुपमा लागू गराउनु सबैको परम दायित्व हो ।’ 
कोरोना विरुद्धको लडाईमा सामूहिक प्रतिबद्धता सहित लाग्न आवह्वान गर्दै संघले ‘विषम परिस्थितीमा आम शेर्पा लगायत देशविदेशमा रहनु भएका आम मानव समुदायको सुरक्षातर्फ संवेदनशील हुँदै कोरोना विरुद्धको र राहत उद्धार सम्वन्धीको विभिन्न कार्यक्रमहरुमा सबै तहमा क्रियाशिल हुनुपर्दछ ।’ भनेको छ । 
संकटको यस घडीमा पनि सबैलाई भगवन बुद्धले थप उर्जा, नयाँ जोश, आयम, हर्षहरुले रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दै उत्सहामय उपलब्धिहरु हासिल गर्न, बुद्धका महानवाणीहरु, पञ्चसिद्धान्तलाई अनुसरण गर्दै मानव जातीको हित र कल्याणका लागि लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेको छ ।
यस बर्ष कोभिड १९ कै कारणले बुद्ध जयन्ती भव्यता साथ मनाउन नपाएपनि सम्पूर्णले आफ्नो घर, गोन्पा, विहान, चैत्यहरुमा स्वच्छ भावका साथ साँझविहान दीप प्रज्वलन गर्दै सामाजिक दूरी कायम राखी बुद्धजयन्ती आफ्नो थलोमा मनाउन संघले आह्वान गरेको छ ।
संघले किरात आदिवासी समुदायको ‘उभौली’ को समेत शुभकामना व्यक्त गर्ने निर्णय गरेको महासचिव लाक्पा शेर्पाले जनाए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho