२०७५ कार्तिक ५ गते सोमबार

पर्यटन


प्रवासी कर्म, नेपाली मनः राजदूत शेर्पा

अष्ट्रेलीयाको उतरी भुभाग डार्बिनमा नेपाल प्रर्वद्धनात्मक मेला शुरु भएको छ । नेपाल र अष्ट्रेलीयाबीच कुटनितिक सम्बन्ध स्थापना भएको झन्डै ६ दशक र १५ वर्ष नेपाली दुताबास स्थापना पश्चात नर्थ अष्ट्रेलियामा यतिका ठूलो नेपाल चिनाउने कार्यक्रम भएको पहिलो पटक हो ।

pasang lhamu

पासाङ ल्हामु ‘महिला जागरणको प्रतिरुप’

मानिसहरु जन्मन्छन् र मर्छन् यो यथार्थ कुरा हो र ध्रुवसत्य पनि । कोही मानिसहरु सयौं बर्ष बाँच्छन्, तर उनीहरुको समाज विकार र परिवर्तमा कुनै योगदान हुन्न्, देखिन्छन् केवल मासुको डल्ला मात्र । कोही कोही पूर्ण अयाू जीवित रहन सक्दैनन््, चाँडै मर्दछन् । तर, उनीहरुले बाँचुन्जेल गरेको साहसिक कर्म वा सत्कर्मको कारण समाज र राष्ट्रमा बाँचिरहेकै हुन्छन् । त्यसैको एक उादहारण हो पासाङ ल्हामु शेर्पा । 

lakpa Sherpa

सगरमाथाको शिखरमा एक गिलास चिया पिउँछन लाक्पा शेर्पा

हुन त गिनिज बुक अरूका लागि आकाशको तारा भएकैले चम्किएको होला । तर, लाक्पा शेर्पाका लागि भने कसैले कीर्तिमान राख्नु र तोड्नुको खासै अर्थ छैन । उनलाई त खाली अर्थ छ आफ्नो परिश्रमको, अनि त्यसबाट प्राप्त हुने सन्तुष्टिको ।

धेरैका लागि उदाहरण बनिन् ‘पासाङ ल्हामु’

पासाङ ल्हामु मेरी एक मात्र छोरी हुन् । मेरा पाँच सन्तान छन् । दुई छोरा जन्मिएपछि पासाङ जन्मिन् । त्यसपछि अरु दुई छोराहरु जन्मिए ।  पासाङ सानैदेखि अलिक कठोर र कडा स्वभावकी थिइन् । कुनै कुरा वा विषयमा सोचेपछि उनी गरी छाड्थिइन् । नारी, आइमाईले गर्न सक्छन् नि जे पनि–उनी भनिरहन्थिन् । 

आरोहण उत्सव

हालसम्म विभिन्न देशका पाँच हजार बढी आरोहीले चुचुरोमा पाइला पुराइसकेका छन् ।स्वादेशी तथा विदेशीहरुको शिखरमाथि विजयी हासिल गर्ने लहर नै चलेको छ । यसरी पर्वतारोहणले नेपालको पर्यटन उद्योग पनि फस्टाउँदो छ । आरोहण ‘सिजन’अर्थात ‘अप्रिल–मे’ महिनालाई बुझिन्छ।