२०७५ असार ५ गते मंगलबार

������������


एनजीओ सम्वन्धी निर्णयमा गृह मन्त्रालय पछि हट्यो

काठमाडौं । गृहमन्त्रालयले गैर सरकारी संस्थाहरुको नवीकरण र त्यस क्रममा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

मेयरले डोजर सिक्दा पत्रकारसहित ५ घाइते !

पोखरा । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका छन् ।

३३ किलो सुन प्रकारण ‘बाजेको सेकुवामा छापा !’

काठमाडौं–  ३३ किलो सुन प्रकरणमा मुछिएको  बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले  छापा मारेको छ । 

आङकाजी शेर्पासहितको ‘पेस्तोल’ खोसियो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले इजाजत प्राप्त केही हतियारहरु जफत गरेको छ । महाशाखाले निर्माण व्यवसायी आङकाजी शेर्पासहित चार जनाको हतियार जफत गरेको हो ।

गगन प्रधानसँग जोडिइन दाबुटी शेर्पा 

अब, गगन प्रधानसँग जोडिने नाम भएको छ–दाबुटी शेर्पा । जसरी अब गगनको नामलाई कफीसँग जोडेर हेरिन्छ, त्यसैगरी दाबुटीको नाम जाडिनेछ । कफीको पिउने कला गगनले भित्र्याए भने दाबुटीले कफीलाई सगरमाथाको चुचुरोसम्म लगेर प्रर्वद्धनको काम गरिन् ।

हिमालको रोयल्टी फेरि एनएमएलाई नै दिने तयारी

सरकारले हिमाल आरोहण बापतको रोयल्टी उठाउने जिम्मा फेरि गैरसरकारी संस्थालाई दिने तयारी गरेको छ। यसअघि जिम्मा लिएको नेपाल पर्वतारोहण संघलाई पाँच वर्षका लागि रोयल्टी उठाउने जिम्मा दिने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। गएको असोजमै सम्झौता सकिए पनि अहिलेसम्म रोयल्टी उठाइरहेको संघलाई पाँच वर्षका लागि फेरि दिन मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएको छ।

शैक्षिक जागरणमा ओखलढुंगाका नेता

‘आजका विद्यार्थी भोलिका राष्ट्रको सचिव’ भन्ने नारा सहित शिक्षा सुधार गर्न थालिएको अभियान अन्र्तगत विद्यालयमा पुगेर पुस्तकलय स्थापना, प्रोजेक्टर, आवश्यक शैक्षिक सामग्री उपलब्ध तथा गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृतीको व्यवस्था लगायतका कार्य गर्दै आएको अभियानमा सक्रिय नेता लिलाबल्लभ दाहाल (काका)ले जानकारी दिए । दाहालका अनुसार समाज रुपान्तरण र विकासका लागि विपन्न वर्गमा शैक्षिक जागरण  गराउने उद्देश्यले जिल्लाको शैक्षिक विकासमा सहयोग गर्न अभियान थालिएको हो ।