२०७५ फाल्गुन १२ गते आईतबार

प्रवास


दक्षिण कोरियाबाट शेर्पा संघलाई सहयोग

काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ दक्षिण कोरियाले नेपाल शेर्पा संघको भवन खरिदका लागि नगद सहयोग गरेको छ । कोरियन वन ३८ लाख ५२ हजार ५ सय अर्थात ३ लाख ७६ हजार ७ सय ७५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

थाइल्याण्डमा उपप्रधानमन्त्री यादवसँग ‘बुद्ध बारे चर्चा’

काठमाडौं (शेर्पाखबर) ।  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र थाइल्याण्डवीचको सम्वन्ध र सहकार्यका क्षेत्रमा छलफल गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा यादवले त्यहाँका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् । 

नेपाल र अस्ट्रेलियाबीचको कूटनैतिक सम्बन्ध थप उचाईमा: राजदूत शेर्पा

अस्ट्रेलिया — नेपाली दूतावास अस्ट्रेलियाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । क्यानबेरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजदूत लक्की शेर्पाले एक वर्षको कार्यकालमा दूतावासले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध थप उचाइमा पुर्‍याउने लगायत महत्वपूर्ण काम गरेको बताइन् ।

मेरै कार्यकालमा अष्ट्रेलियामा दूतावास भवन बन्छः राजदूत शेर्पा

अष्ट्रेलिया/ नेपाली दूतावास अष्ट्रेलियाले आगामी एक वर्षका योजना सार्वजनिक गरेको छ । राजदूत लक्की शेर्पाले अष्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार पत्रकार सम्मेलन गरी आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी वर्षका योजनाबारे बृष्तृत जानकारी दिएकी हुन् ।

मलेसियामा शेर्पा युवाको रोदनः मेरो खुट्टा खोई ?

म परिवारको माइलो छोरा हुँ । आमाको केही वर्ष अगाडि मृत्यु भयो । आमाको मृत्युपछि बुवाले कान्छी आमा ल्याउनुभएको छ । जेठो दाजुले आँखाले देख्नुहुन्न । अहिले काठमाडौंमा आफूजस्तै दृष्टिविहीनहरुको अफिसमा काम गर्नुहुन्छ ।

शेर्पा संस्कृति जोगाउन गीत संगीतमा पेम्बाछोटी

शेर्पा जातिलाई हिमाल आरोहणको पर्याय मानिन्छ। उनी हिमाल चढ्नु त परै जाओस्, हिमालको आधारशिविर पनि पुगेकी छैनन् । आफ्नो समुदायले हिमाल चढेर कीर्तिमान बनाइरहँदा पेम्बाछोटीलाई हिमाल चढ्न नपाएकोमा कति पनि पछुतो छैन।

योद्धा बनिन् सनी लियोन

सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् । आफ्नो ट्वीटमा सनीले लेखेकी छिन्, 'यो तपाईहरुसँग शेयर गर्न पाउँदा अत्यन्त खुसी छु । 'वीरमादेवी' को फर्स्ट लुक पोस्टर ।' पोस्टरमा सनी लियोनी योद्धाको भूमिकामा देखिएकी छिन्, जो युद्ध क्षेत्रमा घोडामा सवार छिन् । तमिल-तेलुगू भाषामा बनिरहेको यो फिल्म मलयालम, कन्नड र हिन्दीमा पनि रिलिज हुनेछ । यसभन्दा अगाडि पनि सनी कयौं साउथ इन्डियन फिल्मको गीतमा देखिसकेकी छिन् ।