२०७५ अश्विन ४ गते विहिबार

राजनीति


अध्यक्ष प्रचण्ड सिंगापुर गएपछि ‘नेकपाका नेताहरु वेरोजगार !’

काठमाडौं । नेकपामा दुईमध्ये एक अध्यक्ष प्रचण्ड यतिबेला सिंगापुरमा छन् । असार १३ गते नै नेपाल फर्कने भनिए पनि पत्नी सीता दाहालको ‘वाटर थेरापी’ नसकिपछि उनको स्वदेश फिर्ती केही दिन लम्बिएको छोरी गंगा दाहालले जनाइसकेकी छिन् ।

पूर्व राज्यमन्त्री ओङदी शेर्पासँग बन्दुक !

पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेकपाका नेता ओङ्दी शेर्पासँग पनि नयाँ हतियार रहेको तथ्य भेटिएको छ । पूर्व सामान्य प्रशासन राज्यमन्त्री शेर्पासँग १३३२७ नम्बरको इजाजतपत्रमा १२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने १ सय थान गोली रहेको छ । खेजेनिम १ ताप्लेजुङका शेर्पाले २०७४ साल वैशाख २२ गते उक्त हतियार लिएका थिए ।

मन्त्री बास्कोटाले भने- अब धेरै भाषण नगर्ने, काम गर्ने

काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् ।

प्रचण्ड निकट हितमान किन रिसाए ?

नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

विपि राजमार्गको खुर्कोट खण्ड तत्काल सुचारु गरः सांसद सुनुवार 

सांसद यज्ञराज सुनुवारले विपी राजमार्गको खुर्कोट सडक खण्ड तत्काल सुचारु गर्न माग गरेको छ । उनले सडक वरपरको आवागमनलाई सहज बनाउने गरी पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारसँग माग गरे ।

पहिलो ठूलो दल नेकपाको अध्यक्षमा माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने परिस्थिति आएको छ। दुवै अध्यक्ष देशबाहिर जानुपर्ने भएका कारण नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले पाउने भएका हुन्