२०७५ कार्तिक ५ गते सोमबार

पत्रपत्रिकाबाट


अब महिनावारी हुदाँ प्याडको विकल्पमा कपको प्रयोग गरे हुने

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

निजामति सेवामा अब खरिदार पद खारिज !

निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।

ॐमणि पद्ये हुँ र ॐअमिदेव ह्री मन्त्र जप गर्दाको फाइदाहरु

अविद्या, रिस, घपण्ड, राग र इष्र्या यी पाँच प्रकारका अवरणहरुबाट मुक्त हुन्छ । काय वाक चित्तका ज्ञान आवरणहरु पनि कट्ने छ । अरु पनि नरक प्रेत पशु मानव दो र असुर लोकमा जन्म लिने बाट मुक्त गराउँछ । साथै भूमि, पानी, आगो, हुरीबतासबाट हुने त्रासहरु हटीन्छ ।

सगरमाथामा भएको लामबाबु शेर्पाको मृत्यु ‘रहस्यमय’

आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ । पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो । ‘४५ वर्षीय शेर्पालाई स्नो ब्लाइन्डनेस हुनु आफैंमा आश्चर्यको कुरा हो साथै त्यस्तो बेला उनको सहयोगमा कोही नहुनु बुझ्न नसकिएको कुरा हो,’ आरनेटले लेखेका छन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

२२ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामीरिता शेर्पा अहिले सर्वाधिक चर्चामा छन् । उनी भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु, अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई पेसा बनाएको होइन ।’

३३ किलो सुन मुख्यअभियुक्त ‘गोरे’ पक्राउ

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। गृह मन्त्रालयको छानबिन समितिका एक सदस्यका अनुसार गोरेलाई भारतबाट पक्राउ गरिएको हो। उनलाई सोमबार पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याइएको थियो।

कामी रितालाई हिमाल चढ्नु ‘ट्याक्सी चलाउनु सरह’

झ्यालीको तालमा शेर्पा भाषाको यही गीत गाउँदै झण्डै ५० जनाको समुह कपन बौद्धबाट कीर्तिमानी आरोही कामिरिता शेर्पाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । हिमालसँग दैनिकी जोडिएका धेरैजसो उनीहरुको अनुहारमा कामिरिताको नयाँ कीर्तिमानको खुशी झल्किएको थियो ।