२०७५ असार ५ गते मंगलबार

पत्रपत्रिकाबाट


मूलधारका मिडियामा शेर्पा

आज प्रकाशित राष्ट्रिय दैनिकहरु मध्ये नागरिक दैनिकले शेर्पा सम्बन्धी समाचारलाई विशेष स्थान दिइएको पाइएको छ ।

विवाह-वन्धनमा बाँधिए बेलायती राजकुमार ह्यारी र मार्कल

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिबार सम्पन्न भएको छ। विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्। आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा  हात डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । ३३ वर्षिया ह्यारी बेलायतकी गद्दिशिन महारानी एलिजावेद दृतियका नाती हुन् भने ३६ वर्षिया मार्कल अमेरिकी अभिनेत्री हुन। सो विवाह समारोहमा ओइरा उनफ्री, इल्टन जोन, सेरेना विलियम्स, डेबिड बेकह्यामका पतिपत्नी आदिको उपस्थिति रहेको थियो। विवाह वन्धनमा बाँधिएसँगै ह्यारी ‘डुक अफ सुसेक्स’, ‘अर्ल अफ दम्बरटन एण्ड किलकेल’ भएका छन् भने मार्कल ‘डचेस अफ सुसेक्स’ भएकी छन्।

एसएसपी कै गाडीमा राखेर ओसारिन्थ्यो ‘सुन’

चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् । खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए ।

pasang lhamu

पासाङ ल्हामु ‘महिला जागरणको प्रतिरुप’

मानिसहरु जन्मन्छन् र मर्छन् यो यथार्थ कुरा हो र ध्रुवसत्य पनि । कोही मानिसहरु सयौं बर्ष बाँच्छन्, तर उनीहरुको समाज विकार र परिवर्तमा कुनै योगदान हुन्न्, देखिन्छन् केवल मासुको डल्ला मात्र । कोही कोही पूर्ण अयाू जीवित रहन सक्दैनन््, चाँडै मर्दछन् । तर, उनीहरुले बाँचुन्जेल गरेको साहसिक कर्म वा सत्कर्मको कारण समाज र राष्ट्रमा बाँचिरहेकै हुन्छन् । त्यसैको एक उादहारण हो पासाङ ल्हामु शेर्पा । 

संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवद्र्धन गर्ने बताए । 

“फिल्मभन्दा रंगमञ्च रमाइलो”

दोलखा घर भएका २२ वर्षे पाश्लाक्पाले नियमित एक वर्षदेखि नाटक हेर्न छुटाएका छैनन् । हेर्दाहेर्दै रंगमञ्चको आकर्षण यस्तो नशा बन्यो कि अब उनी दर्शकबाट कलाकार बनेका छन् । सर्वनाम थिएटरमा १२ औं ब्याचका विद्यार्थीका रूपमा भर्ना भएका उनी लगायतका प्रशिक्षार्थीले यति बेला नाटक ‘परिबन्द’ मञ्चन गरेका छन् ।

अन्तर्राष्ट्रि बौद्ध सम्मेलनको शनिबार उद्घाटन

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् । सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।