२०७५ जेष्ठ ७ गते सोमबार

मुख्य समाचार


नमुना बौद्ध ध्यान केन्द्रको हिन्दु विधिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको विधिवत रुपमा शिल्यान्याश गरेकी छन् । बौद्ध ध्यान केन्द्र भनिएपनि हिन्दु विधिबाट केन्द्रको शिलान्यास गरिएको छ । 

संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवद्र्धन गर्ने बताए । 

बुद्धले देखाएको बाटोमा अघि बढौंः अध्यक्ष राणा

काठमाडौं (शेर्पाखबर) । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराणाले बुद्धले देखाएको अग्रसर हुन आह्वान गरेको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै अध्यक्ष राणाले पञ्चशीलको अनुसरन गर्न आह्वान गरेको हो । शुभकामना सन्देशमा अध्यक्ष राणाले बुद्ध जन्मभूमि नेपालमा शान्ति, अहिंसा, सद्भाव र एकताको पथमा लाग्न सबैले प्रेरणा लिनुपर्ने बताए

नेपाललाई बुद्ध राज्य घोषणा गरियोस्ः आङकाजी शेर्पा

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शेर्पाले २५६२ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीबाट यस्तो माग अघि सारेका हुन् । ‘पवित्र जन्मभूमि नेपाललाई बुद्ध राज्य घोषणा गरियोस् ।’ शेर्पाले छोटो भिडियासहित आफ्नो फेसबुकमा लेखेका छन् ‘बुद्ध जयन्तीमा ३ दिन विदा दिइयोस् ।’

शेर्पा संघको नेतृत्व हस्तान्तरण हुन्छः अध्यक्ष शेर्पा

नेपाल शेर्पा संघको छैठौ महाधिवेशन गर्नुपर्ने दिनपनि नजिकिँदै छ । समयहरु नजिकिँदै गर्दा पाँचौं महाधिवेशनबाट निर्वाचित प्रतिनिधीहरुले व्यक्त गरेका प्रतिबद्धता, खेलेको भूमिका र चार बर्षको अवधीमा गरेका क्रियाकलापको बारेमा समिक्षा, खोजीनिती र छलफलहरु भइरहेका छन् । पाँचौ महाधिवेशनले चार बर्षअघि प्रतिष्ठित युवा व्यवसायी आङ दोर्जी शेर्पा लामालाई संघको तालाचावी जिम्मा लगाए ।