२०७५ मंसिर २७ गते विहिबार

मुख्य समाचार


राजकीय सवारी उत्तर कोरियाबाट पाठ सिकौं

उत्तर कोरियाली नेताको गाडी हेर्नुभो? त्यसमा नम्बर छैन। हुनत हाम्रो राष्ट्रपतिको गाडीमा पनि नम्बर हुँदैन। सरकारको लोगो भने हुन्छ त्यसमा। यी दुईले हात मिलाउन लागेको ठाउँको बीचमा एउटा विभाजन रेखा छ। जसको उत्तर पट्टी उत्तर कोरिया अनि दक्षिण पट्टी दक्षिण कोरिया।

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

विराटनगर — सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।

सुदुरपूर्वबाट नयाँ अभियान थालनी:- लाक्पा शेर्पा

टाढा टाढाबाट हिँडेर प्रशिक्षार्थीहरु आएका कारण प्रशिक्षणको कार्यक्रम अवधी केही छोटो भएको लागेपनि व्यवस्थिपकीय पक्ष लगायतलाई स्मरण गर्दा कार्यक्रम प्रभावकारी रहेको अनुभूत गरेँ । सामाजिक सञ्जालमा केहीले कार्यक्रमको समयावधी छोटो भएको प्रतिक्रिया लेखेपनि सहभागिहरुको प्रतिक्रिया भए अत्यन्तै सकारात्मक भेटेँ । एक जना दश जोर दुईमा अध्ययन गर्ने छात्राले उत्साहित हुँदै भने ‘कति धेरै कुरा सिक्ने अवसर पाएँ । यो समय छोटा भएपनि धेरै ज्ञान बुटुल्न पाएँ ।’

आरक्षण कसलाई ?

जाति, लिङ्ग, क्षेत्र, समुदाय, धर्म, भाषा र भेगका नाममा दिइने आरक्षण एकै व्यक्ति या जातले मात्रै पटक–पटक पाउने व्यवस्थाको अन्त्य गर्नैपर्छ । महिलाको नाममा पहाडे खस–आर्य महिला, ठूला घरानाले मात्रै सुविधा प्राप्त गर्ने । आदिवासीको नाममा केवल श्रेष्ठ, भट्टचन, थकाली, लिम्बु इत्यादिले मात्रै लोभ गरिरहँदा अति पछि परेका समुदाय, चेपाङ, राउटे, कुमाल इत्यादिले कहिले अधिकार पाउने ? दलितका नाममा विश्वकर्मा, परियार, मिजार, पासवान, हरिजनले मात्रै अधिकार प्रयोग गरिरहँदा अन्य सधैं अधिकारविहीन रहिरहने ?