२०७५ श्रावण ३१ गते विहिबार

मुख्य समाचार


नमूना उच्च प्रविधियुक्त नर्सरी

खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताए । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत रु नौ लाखसरकारी अनुदान प्राप्त भएको र बायोप्लानटेकको करीब रु तीन लाख लागत सहभागिता रहेको उप्रेतीले बताए ।

अन्तर्राष्ट्रि बौद्ध सम्मेलनको शनिबार उद्घाटन

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् । सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।

कम्युनिष्ट नेता नविनाको शरीरमा ‘आधा किलो सुन !’

एमालेकी सांसद लामाले लगाएको गहनाको तस्बिर लिक भएको छ । एमाले अखिलकै एक नेताले लामाले शरीर ढाक्ने गरेर लगाएको गहनाको तस्बिर सामाजिक सञ्जालमा राखेर सबैलाई चकित तुल्याइ दिएका छन् ।

राणा भन्छन ‘तत्काल राप्रपा एकता गरौं ।’

उनले राप्रपा (प्रजातान्त्रिक) सनातन धर्म, संस्कृती, मूल्य, मान्यता तथा परम्परागत संस्थाहरु, देशको भू–राजनीतिक अवस्थिती र नेपाली जनताको आंकाक्षाबाट अनुप्राणीत हुँदै राष्ट्रवाद, प्रजातन्त्र र उदारीकरण र विकासलाई आत्मसात गर्दै निरन्तरता सहित सकारात्मक परिर्तनको लक्ष्य र उद्देश्य प्रति स्पष्ट र प्रतिबद्ध भएको बताए ।

नेपालमा बुद्ध जयन्ती मनाउने परम्परा

यसो त आजकल संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा पनि बुद्ध जयन्ती मनाउने परम्परा बसेको कुरा प्रचारमा आएको छ । बुद्ध जयन्तीको प्रकाश लुम्बिनीदेखि विश्वको साझा स्थल ९सं।रा।सं।० पुग्नु अत्यन्त गौरवमय विषय हो । तसर्थ लुम्बिनी बाग विश्वका अगाडि पुण्यमय स्थल बनेको श्रेय यसका संवाहक सबैमा दिइनु राष्ट्रको कर्तव्य ठानिन्छ ।

राजकीय सवारी उत्तर कोरियाबाट पाठ सिकौं

उत्तर कोरियाली नेताको गाडी हेर्नुभो? त्यसमा नम्बर छैन। हुनत हाम्रो राष्ट्रपतिको गाडीमा पनि नम्बर हुँदैन। सरकारको लोगो भने हुन्छ त्यसमा। यी दुईले हात मिलाउन लागेको ठाउँको बीचमा एउटा विभाजन रेखा छ। जसको उत्तर पट्टी उत्तर कोरिया अनि दक्षिण पट्टी दक्षिण कोरिया।

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

विराटनगर — सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।