२०७५ श्रावण ३१ गते विहिबार

मुख्य समाचार


शेर्पा संघको नेतृत्व हस्तान्तरण हुन्छः अध्यक्ष शेर्पा

नेपाल शेर्पा संघको छैठौ महाधिवेशन गर्नुपर्ने दिनपनि नजिकिँदै छ । समयहरु नजिकिँदै गर्दा पाँचौं महाधिवेशनबाट निर्वाचित प्रतिनिधीहरुले व्यक्त गरेका प्रतिबद्धता, खेलेको भूमिका र चार बर्षको अवधीमा गरेका क्रियाकलापको बारेमा समिक्षा, खोजीनिती र छलफलहरु भइरहेका छन् । पाँचौ महाधिवेशनले चार बर्षअघि प्रतिष्ठित युवा व्यवसायी आङ दोर्जी शेर्पा लामालाई संघको तालाचावी जिम्मा लगाए ।

के गर्दै छ, विश्व शेर्पा मञ्च ?

नेपाल शेर्पा संघका अध्यक्ष तथा विश्व शेर्पा सम्मेलन आयोजक समितिको संयोजक समेत रहेका आङ दोर्जी शेर्पाको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधीहरु सम्मेलित मञ्च गठन गरेपनि त्यसयता कुनै औपचारिक अनौपचारिक वैठकसम्म वस्न सकेको छैन ।  घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गर्नका लागि पनि मञ्च क्रियाशिल हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन् ।

आरोहण उत्सव

हालसम्म विभिन्न देशका पाँच हजार बढी आरोहीले चुचुरोमा पाइला पुराइसकेका छन् ।स्वादेशी तथा विदेशीहरुको शिखरमाथि विजयी हासिल गर्ने लहर नै चलेको छ । यसरी पर्वतारोहणले नेपालको पर्यटन उद्योग पनि फस्टाउँदो छ । आरोहण ‘सिजन’अर्थात ‘अप्रिल–मे’ महिनालाई बुझिन्छ।

सोनम कपुरलाई सोधियो, बिहेपछि फिल्म खेल्ने कि नखेल्ने ?

हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’

“फिल्मभन्दा रंगमञ्च रमाइलो”

दोलखा घर भएका २२ वर्षे पाश्लाक्पाले नियमित एक वर्षदेखि नाटक हेर्न छुटाएका छैनन् । हेर्दाहेर्दै रंगमञ्चको आकर्षण यस्तो नशा बन्यो कि अब उनी दर्शकबाट कलाकार बनेका छन् । सर्वनाम थिएटरमा १२ औं ब्याचका विद्यार्थीका रूपमा भर्ना भएका उनी लगायतका प्रशिक्षार्थीले यति बेला नाटक ‘परिबन्द’ मञ्चन गरेका छन् ।

रंगक्षेत्रबाट समाज रुपान्तरणमा ‘पासलाक्पा शेर्पा’

पासलाक्पा परिवन्दमा मात्रै होइन अभिनयलाई नै निरन्तरता दिने प्रतिज्ञा गर्छ । राम्रो अभिनेताको रूपमा स्थापित हुन अझै धेरै सिक्नुपर्ने बाँकी रहेको उनी सुनाउँछन् । सिक्नै पर्ने कुराहरू एकदम धेरै रहेको बताउने उनी आफूलाई रङ्गमञ्चमा भर्खरै बामे सार्दै गरेको बालक सम्झन्छन् । ‘बिस्तारै हिड्नु छ, मज्जाले हिड्न सिकेपछि मात्रै दौडन सक्ने हुनुछ ।’