२०७५ असार ७ गते विहिबार

मुख्य समाचार


आरोहण उत्सव

हालसम्म विभिन्न देशका पाँच हजार बढी आरोहीले चुचुरोमा पाइला पुराइसकेका छन् ।स्वादेशी तथा विदेशीहरुको शिखरमाथि विजयी हासिल गर्ने लहर नै चलेको छ । यसरी पर्वतारोहणले नेपालको पर्यटन उद्योग पनि फस्टाउँदो छ । आरोहण ‘सिजन’अर्थात ‘अप्रिल–मे’ महिनालाई बुझिन्छ।

सोनम कपुरलाई सोधियो, बिहेपछि फिल्म खेल्ने कि नखेल्ने ?

हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’

“फिल्मभन्दा रंगमञ्च रमाइलो”

दोलखा घर भएका २२ वर्षे पाश्लाक्पाले नियमित एक वर्षदेखि नाटक हेर्न छुटाएका छैनन् । हेर्दाहेर्दै रंगमञ्चको आकर्षण यस्तो नशा बन्यो कि अब उनी दर्शकबाट कलाकार बनेका छन् । सर्वनाम थिएटरमा १२ औं ब्याचका विद्यार्थीका रूपमा भर्ना भएका उनी लगायतका प्रशिक्षार्थीले यति बेला नाटक ‘परिबन्द’ मञ्चन गरेका छन् ।

रंगक्षेत्रबाट समाज रुपान्तरणमा ‘पासलाक्पा शेर्पा’

पासलाक्पा परिवन्दमा मात्रै होइन अभिनयलाई नै निरन्तरता दिने प्रतिज्ञा गर्छ । राम्रो अभिनेताको रूपमा स्थापित हुन अझै धेरै सिक्नुपर्ने बाँकी रहेको उनी सुनाउँछन् । सिक्नै पर्ने कुराहरू एकदम धेरै रहेको बताउने उनी आफूलाई रङ्गमञ्चमा भर्खरै बामे सार्दै गरेको बालक सम्झन्छन् । ‘बिस्तारै हिड्नु छ, मज्जाले हिड्न सिकेपछि मात्रै दौडन सक्ने हुनुछ ।’

नमूना उच्च प्रविधियुक्त नर्सरी

खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताए । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत रु नौ लाखसरकारी अनुदान प्राप्त भएको र बायोप्लानटेकको करीब रु तीन लाख लागत सहभागिता रहेको उप्रेतीले बताए ।

अन्तर्राष्ट्रि बौद्ध सम्मेलनको शनिबार उद्घाटन

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् । सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।

कम्युनिष्ट नेता नविनाको शरीरमा ‘आधा किलो सुन !’

एमालेकी सांसद लामाले लगाएको गहनाको तस्बिर लिक भएको छ । एमाले अखिलकै एक नेताले लामाले शरीर ढाक्ने गरेर लगाएको गहनाको तस्बिर सामाजिक सञ्जालमा राखेर सबैलाई चकित तुल्याइ दिएका छन् ।