२०७५ अश्विन ४ गते विहिबार

साहित्य


एउटा समयको अभिलेख

क्षेत्रीय कार्यालयमा कार्यरत थिएँ । यो कार्यालय लन्डनबाट भर्खरै नयाँ दिल्ली सरेको थियो । म काठमाडौंबाट दिल्ली आएको चार महिना भएको थियो । पढाइको सिलसिलामा दुवै छोरी अस्ट्रेलिया थिए हाम्रा, काठमाडौंको घरमा नरहरिजी एक्लै हुनुहुन्थ्यो।नेपालमा राजाले गरेको ‘कु’लाई नेपाल बाहिरबाट अनुभव गर्नु सानो त्रासदी थिएन हाम्रा निम्ति । त्यस घटनामा बाबा घरैबाट समातिएको थियो । उसको अज्ञात स्थितिले म र छोरीहरू किंकर्तव्यविमूढ थियौं । एउटा अशुभ कल्पनाले आक्रान्त गरेको थियो हामीलाई । नेपालमा सञ्चार सम्पर्कविच्छेद भएकाले कसैसँग सम्पर्क हुन सक्दैनथ्यो । त्यहाँ के भइरहेछ, कोही जान्दैनथ्यो।

“फिल्मभन्दा रंगमञ्च रमाइलो”

दोलखा घर भएका २२ वर्षे पाश्लाक्पाले नियमित एक वर्षदेखि नाटक हेर्न छुटाएका छैनन् । हेर्दाहेर्दै रंगमञ्चको आकर्षण यस्तो नशा बन्यो कि अब उनी दर्शकबाट कलाकार बनेका छन् । सर्वनाम थिएटरमा १२ औं ब्याचका विद्यार्थीका रूपमा भर्ना भएका उनी लगायतका प्रशिक्षार्थीले यति बेला नाटक ‘परिबन्द’ मञ्चन गरेका छन् ।

रंगक्षेत्रबाट समाज रुपान्तरणमा ‘पासलाक्पा शेर्पा’

पासलाक्पा परिवन्दमा मात्रै होइन अभिनयलाई नै निरन्तरता दिने प्रतिज्ञा गर्छ । राम्रो अभिनेताको रूपमा स्थापित हुन अझै धेरै सिक्नुपर्ने बाँकी रहेको उनी सुनाउँछन् । सिक्नै पर्ने कुराहरू एकदम धेरै रहेको बताउने उनी आफूलाई रङ्गमञ्चमा भर्खरै बामे सार्दै गरेको बालक सम्झन्छन् । ‘बिस्तारै हिड्नु छ, मज्जाले हिड्न सिकेपछि मात्रै दौडन सक्ने हुनुछ ।’