२०७५ श्रावण ३१ गते विहिबार

शिक्षा


कानून विपरित गतिविधि गर्नेको पक्षमा ‘ओखलढुंगा कांग्रेस !’

ओखलढुंगा (शेर्पाखबर) । विना इजाजत शैक्षिक संस्था सञ्चालन गरेको आरोपमा ठूलाछापका बलराम कट्वाल पक्राउ गरेका छन् । निजी विद्यालय सञ्चालन विना इजाजत सञ्चालन गरेको उजूरीको आधारमा उनी पक्राउ परेका हुन् । 

खुम्बुमा बौद्ध महाविद्यालय स्थापना गर्न जग्गा खोजी  

खुम्बु पासाङल्हामु गाउँपालिकाले बौद्ध महाविद्यालय स्थापना गर्ने हेतुले जग्गा खोजी शुरु गरेको छ । गाउँपालिकाले जेठ ३१ मा सार्वजनिक सूचना नै जारी गरेर निःशुल्क जग्गा खोजी गरेको हो । 

शैक्षिक जागरणमा ओखलढुंगाका नेता

‘आजका विद्यार्थी भोलिका राष्ट्रको सचिव’ भन्ने नारा सहित शिक्षा सुधार गर्न थालिएको अभियान अन्र्तगत विद्यालयमा पुगेर पुस्तकलय स्थापना, प्रोजेक्टर, आवश्यक शैक्षिक सामग्री उपलब्ध तथा गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृतीको व्यवस्था लगायतका कार्य गर्दै आएको अभियानमा सक्रिय नेता लिलाबल्लभ दाहाल (काका)ले जानकारी दिए । दाहालका अनुसार समाज रुपान्तरण र विकासका लागि विपन्न वर्गमा शैक्षिक जागरण  गराउने उद्देश्यले जिल्लाको शैक्षिक विकासमा सहयोग गर्न अभियान थालिएको हो ।

मातापिताका नाममा अक्षयकोष स्थापना

ओखलढुंगा÷जिल्लाको मोलुङ–६, श्रीचौरका गणेशबहादुर कट्वालले अभिभावकको सम्झनामा अक्षयकोेष स्थापना गरेका छन् । अभिभावकको सम्झनामा १ लाख १ हजार १ सय ५१ रुपैयाँको ‘विरध्वज, थलमाया, कृष्णबहादुर स्मृती अक्षयकोष’ स्थापना गरेका हुन् ।

एक मिनेट ढिला गर्ने शिक्षकलाई ‘उतै’ फकाईदिनू !

विद्यालयको प्रार्थनामा लामबद्ध बिद्यार्थीहरुले सरस्वती स्तुति र राष्ट्रिय गीत गाउँदै थिए । गेटबाट एक्कासी प्रवेश गरे प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल ।

खोटाङका पासाङलाई ‘खेन्पो उपाधी ।’

भारतको नाम्डोलिङ ङिञ्मापा गुम्बाबाट पासाङ शेर्पाले खेम्पो उपाधी प्राप्त गरेका छन् । खोटाङ राखा–बङ्देल ६ का शेर्पाले आचार्य अर्थात खेन्पो उपाधी प्राप्त गरेको हो ।