२०७७ कार्तिक ८ गते शनिबार

शिक्षा


उच्च शिक्षा हासिल गर्न शेर्पा किदुग, अमेरिका छात्रवृत्ति 

युनाइटेड शेर्पा एसोसिएशनले उच्च शिक्षा हासिल गर्ने शेर्पाहरुका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । स्नातक र स्नातकोत्तर अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने हेतुले सूचनामार्फत आवेदन माग गरेको हो । 

शेर्पा भाषा लोप हुँदै गएको छ, राज्य जिम्मेवार छैनः आचार्य सार्की शेर्पा

सोलुखुम्बु (शेर्पाखबर) । ‘शेर्पा भाषाको इतिहास’ बारे अध्ययन प्रतिवेदन हालै भाषा आयोगमा बुझाईएको छ । आचार्य सार्की शेर्पाको टोलीले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा नेपालमा शेर्पा भाषाको अवस्था चित्रण गरिएको छ ।

संस्कृत भाषा औचित्यहीनः जसपा घटक संगठन

संस्कृत भाषा पठनपाठनको औचित्य सकिएको जनता समाजवादी पार्टीका घटक संगठनहरुले दाबी गरेका छन् । संस्कृत भाषाको औचित्य सकिएकाले पाठ्यक्रममा राखेर पठनपाठन गराउनु औचित्यहीन हुने दाबी गरेका हुन् । 

लकडाउन खुलेपनि तत्काल विद्यालयहरु खुल्दैनः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी

काठमाण्डौ - परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ ।

शेर्पा समुदाय लक्षित अनलाइन निबन्ध लेखन प्रतियोगिता हुने

शेर्पा इभेन्ट अर्गनाइजरले  निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले ‘बन्दाबन्दी’ घोषणा गरेको अवस्थामा सिर्जनात्मक कार्यमा क्रियाशिल गराउने हेतुले प्रतियोगिता आयोजना गर्न लागेको हो । 

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।