२०७५ मंसिर २५ गते मंगलबार

अर्थ


रामेछापमाथि सिन्धुलीको नाकावन्दी !

रामेछाप । बीपी राजमार्गबाट सिन्धुली हुँदै रामेछाप भित्रने ढुवानी तथा यात्रुवाहक गाडीलाई प्रहरीले रोक लगाएपछि रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ ।

gold

मिहिनेत गरेर सुन लगाउनेहरुको कथा

आउनुस्, आज साना इकाइहरुमा छरिएका गहनारुपी सुनको कुरा गरौं । सुनका गहना नेपाली महिलाहरुको आभुषण मात्रै होइन, सँस्कृति नै बनेको छ ।

जापानमा ‘तराकारीको ब्राण्ड वेच्दै’ शेर्पा

उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका सोलुखुम्बुका कान्छा लामा शेर्पाले जापानी भाषा, कलेज र विश्वविद्यालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविद्यालयमा एमबीएसम्मको अध्ययन गरेका छन् ।

अंग्रेजीमा स्नातकोत्तर गरेका शेर्पा ‘पानी मालिक’

‘म खासमा शिक्षक हुनपर्ने हुँ । मैले पटकपटक भन्दै आएको छु म अंग्रेजीमा एमएड गरेको मान्छे हुं मेरो संकाय अनुसार अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हुँ र, शिक्षक पनि हो ।’ खोटाङका फूवा शेर्पा भन्छन् । तर, उनी यतिवेला खोटाङमा अक्वा मिनिरल वाटर उद्योगका मालिक बनेका छन् । शेर्पाले आफ्नो उद्योगबाट ‘मिरमिरे जल’ उत्पादन गरेर विक्री वितरण थालेका छन् । 

लोकप्रिय ‘लाफिङ’

स्वयम्भू आसपास अचेल खूब चलन छ ‘लाफिङ’ को । ‘लाफिङ’ अर्थात ‘हाँस्दै’ । तर, यो ‘लाफिङ’ न हाँस्ने चीज हो न त हँसाउने । यो त खाने कुरा हो, जुन धेरै युवाको प्रिय स्वाद बन्न थालेको छ । 

नमूना उच्च प्रविधियुक्त नर्सरी

खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताए । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत रु नौ लाखसरकारी अनुदान प्राप्त भएको र बायोप्लानटेकको करीब रु तीन लाख लागत सहभागिता रहेको उप्रेतीले बताए ।

केन्द्र र प्रदेश अर्थमन्त्रीको बैठक वस्दै

हाल अर्थमन्त्री खतिवडा, प्रदेश अर्थमन्त्रीहरू र मन्त्रालयका सचिवसहितको परिषद् बैठक बस्न लागेको हो । परिषद्मा कर संकलन तथा आर्थिक क्रियाकलापसम्बन्धी विषयमा छलफल हुनेछन् । संघ, प्रदेश तथा स्थानीय तहबीच देखापर्ने आर्थिक समस्याहरूको समाधानका लागि नै यो परिषद्को व्यवस्था गरिएको हो । सोही विषयमा छलफल हुने गरी परिषद् बैठकको तयारी भएको हो ।