२०७५ श्रावण ५ गते शनिबार

अर्थ


बजेट विनियोजनमा जातीय आधारमा विभेद: तीन महानगरका मेयर

न महानगरपालिकाका मेयरले संघीय सरकारले आफूहरूलाई विभेद गरी बजेट दिएको आरोप लगाएका छन्। 

खुम्बु–पासाङल्हामुको तेस्रो बजेट अधिवेशन सकियो

खुम्बु पासाङल्हामु गाउँपालिको तेस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को लागि ३१ करोड ९९ लाख ३४ हजा ८ सय ५५ रुपैयाँको बजेट पारित गर्दै सभा सकिएको हो ।

गौतम बुद्ध विमानस्थल निर्माण ठप्प ‘सांसदहरु धर्नामा !’

विभिन्न अवरोधलाई छिचोल्दै निर्माणलाई गति दिईरहेको भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा फेरि अवरोध भएको छ। विमानस्थल निर्माण गर्दा जग्गा अधिग्रहणमा परेकाले मुआब्जा नपाएको भन्दै विमानस्थलमै पुगेर धर्ना दिँदै निर्माण कार्यमा अवरोध गरेका हुन्।

गगन प्रधानसँग जोडिइन दाबुटी शेर्पा 

अब, गगन प्रधानसँग जोडिने नाम भएको छ–दाबुटी शेर्पा । जसरी अब गगनको नामलाई कफीसँग जोडेर हेरिन्छ, त्यसैगरी दाबुटीको नाम जाडिनेछ । कफीको पिउने कला गगनले भित्र्याए भने दाबुटीले कफीलाई सगरमाथाको चुचुरोसम्म लगेर प्रर्वद्धनको काम गरिन् ।

हिमालको रोयल्टी फेरि एनएमएलाई नै दिने तयारी

सरकारले हिमाल आरोहण बापतको रोयल्टी उठाउने जिम्मा फेरि गैरसरकारी संस्थालाई दिने तयारी गरेको छ। यसअघि जिम्मा लिएको नेपाल पर्वतारोहण संघलाई पाँच वर्षका लागि रोयल्टी उठाउने जिम्मा दिने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। गएको असोजमै सम्झौता सकिए पनि अहिलेसम्म रोयल्टी उठाइरहेको संघलाई पाँच वर्षका लागि फेरि दिन मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएको छ।

संसारकै महँगो मोटरसाइकल सार्वजनिक

महत्वपूर्ण विशेषताका रूपमा यसमा हीरा तथा सुन प्रयोग गरिएको छ भने यसको निर्माणका लागि ८ ब्यक्तिको समूहलाई २ हजार ५ सय घण्टा समय लागेको थियो । यो मोटरसाइकलको अन्तर्राष्ट्रिय बजार मूल्य करिब साढे १९ करोड रुपैयाँ छ ।

थाङका पेन्टीकको मूल्य २० लाखमाथि !

घर तथा कोठाको सजावटमा भित्ता (वाल) को अहम् भूमिका हुन्छ । साधारण देखिने कोठालाई पनि भित्तामा एउटा मात्र पेन्टिङ राखिएको छ भने त्यसले कोठाको सुन्दरता वा शोभा बढाइदिन्छ ।