ओखलढुंगा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर राई ‘ढाक्रे’ ले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । लामो अपिल जारी गर्दै ढाक्रेले पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा गर्नु भएको हो ।

उहाँले पार्टी नेतृत्वमा सत्ता लिप्सा, व्यक्तिवादी चरित्र र राजनैतिक आचारण नदेखिएकाले यस्तो नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित पार्टी परित्याग गरेको उल्लेख गर्नुभयो । लामो समयदेखि पार्टीमा फरक मत राख्दै आउनु भएका ढाक्रे तत्कालिन संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् विधान मस्यौदा समितिका सदस्य समेत हुन् ।

सोही पार्टीबाट ओखलढुंगामा दुई पटक निर्वाचन लडेका ढाक्रेले निर्वाचनमा पार्टी केन्द्रले असहयोग गरेको समेत आरोप लगाउनुभयो । उहाँले करीव ३ पृष्ठ लामो अपिल जारी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङको कार्यशैलीको आलोचना गरेका छन् ।

पछिल्लो समय सोलुखुम्बुको फाप्लुमा वस्दै आउनु भएका राई किराँत राष्ट्रिय समितिका संयोजक र सांस्कृतिक महासंघको इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरि सक्नु भएको थियो ।

पार्टी नेतृत्वलाई सच्चिन पटक पटक आग्रह गरेपनि वेवस्ता गरेपछि पार्टी परित्याग गर्नु परेको ढाक्रेले प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *