२०७६ मंसिर २३ गते सोमबार

देश


शेर्पा संघको महाधिवेशन ‘उपराष्ट्रपति पुनमगरद्धारा उद्घाटन’

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको आसन्न महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले उघद्घाटन गर्ने तय भएको छ । पौष ४ र ५ गते हुने छैठौं महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति पुनमगरलाई निमन्त्रणा दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

गोरुले हानेर शेर्पाको मृत्यु

जिल्लाको खाँदबारी नगरपालिका ११ मा गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। गोरुले हानेर गम्भीर घाइते भएकी खाँदबारी ११ हरेलो बस्ने ७३ वर्षीया फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

नमोबुद्धमा कार दुर्घटना ‘रुखले बचायो ज्यान’

काठमाडौं : नमोबुद्धमा शनिबार एउटा कहालीलाग्दो कार दुर्घटना भयो । मानवीय क्षति नभए पनि दुर्घटनाको प्रकृति र स्वरुपले सबैलाई स्तब्ध बनायो । एकछिन शान्तिको प्रतिक मानिने नमोबुद्ध क्षेत्र यही दुर्घटनाले तनावमय बन्यो । नमोबुद्ध अवलोकन गरेर फर्किएको एउटा कार नमोवुद्ध प्रवेशद्वार नजिकैको घुम्तीबाट भीरमा खस्यो । भाग्यवश त्यो कार एउटा ठूलो रुखमा अड्कियो । बा २१ च ६०८८ नम्बरको नयाँ आइटेन कार पुरै कच्याककुचुक भयो। तर कारमा रहेका चालसहित चारजनालाई केही भएन।

यस्तो बन्न सक्छ ‘न्यूरोड’

काठमाडौं पैदलै पैदल– १ संसारको हरेक सहर बिग्रन्छ, फेरि सप्रन्छ।

वडाध्यक्ष उम्मेदवारले डेढ लाख रुपैयाँ खर्च गर्न पाउने

यसैबीच, निर्वाचन आयोगले निर्वाचन सुरक्षा कार्ययोजना फिर्ता गरेको छ । केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ आयोगले गृहमै फिर्ता पठाएको हो ।

सुनकोशीमा खस्दा ६ जनाको मृत्यु

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ।