२०७५ अश्विन ७ गते आईतबार

ब्लग


सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’

Buddha bauhda

बुद्ध एउटा धर्म मात्रै हैन दर्शनपनि हो

बौद्ध एउटा धर्ममात्रै नभएर दर्शन पनि हो। जीवन-जगत्, आत्मा, पुनर्जन्म, पाप-पुण्य, सत्य, ईश्वरजस्ता विषयमा गहन दार्शनिक विमर्शका अतिरिक्त मनोहर बौद्ध साहित्य पनि यसभित्र छ। यो एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज पनि हो। यो अलिकति राजनीति, अर्थशास्त्र, भूगोल, ध्यान, योगजस्ता धेरै विषयको समष्टि रूप हो।

मन्त्री आन्टी, मलाई पनि उपचारको लागि एक करोड दिनुहोस् न !

उनका बुबालाई तत्काल स्कुलमा बोलाइयो । उनी पनि ज्यादै कमजोर थिए । शंका लागेर मुटुको भिडियो एक्स-रे गरियो । मुटु त छोरीको भन्दा खराब ! चिकित्सक टोलीको मन झन् खिन्न भयो ।

एउटा समयको अभिलेख

क्षेत्रीय कार्यालयमा कार्यरत थिएँ । यो कार्यालय लन्डनबाट भर्खरै नयाँ दिल्ली सरेको थियो । म काठमाडौंबाट दिल्ली आएको चार महिना भएको थियो । पढाइको सिलसिलामा दुवै छोरी अस्ट्रेलिया थिए हाम्रा, काठमाडौंको घरमा नरहरिजी एक्लै हुनुहुन्थ्यो।नेपालमा राजाले गरेको ‘कु’लाई नेपाल बाहिरबाट अनुभव गर्नु सानो त्रासदी थिएन हाम्रा निम्ति । त्यस घटनामा बाबा घरैबाट समातिएको थियो । उसको अज्ञात स्थितिले म र छोरीहरू किंकर्तव्यविमूढ थियौं । एउटा अशुभ कल्पनाले आक्रान्त गरेको थियो हामीलाई । नेपालमा सञ्चार सम्पर्कविच्छेद भएकाले कसैसँग सम्पर्क हुन सक्दैनथ्यो । त्यहाँ के भइरहेछ, कोही जान्दैनथ्यो।

राजकीय सवारी उत्तर कोरियाबाट पाठ सिकौं

उत्तर कोरियाली नेताको गाडी हेर्नुभो? त्यसमा नम्बर छैन। हुनत हाम्रो राष्ट्रपतिको गाडीमा पनि नम्बर हुँदैन। सरकारको लोगो भने हुन्छ त्यसमा। यी दुईले हात मिलाउन लागेको ठाउँको बीचमा एउटा विभाजन रेखा छ। जसको उत्तर पट्टी उत्तर कोरिया अनि दक्षिण पट्टी दक्षिण कोरिया।